उद्योग स्थापनाका लागि सम्भाव्यता अध्यन शुरु

पंख बहादुर शाही ।
सुर्खेत, ५ कात्तिक (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँहरुमा उद्योग स्थापना गर्नेगरी सम्भाव्यता अध्यन शुरु गरेको छ ।
ठुला उद्योगहरु नरहेको कर्णालीमा उद्योग स्थापना गर्नेगरी सरकारले सम्भाव्यता थालेको हो ।
जस अन्तरगत छाला उद्योग, जैविक मल तथा जैविक विषादी उद्योगको सम्भाव्यता अध्ययन थालिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायका अनुसार जैविक मल तथा विषादी उद्योग सुर्खेतको वीरेन्द्रनगर, बराहताल गाउँपालिका र जाजरकोटको नलगाड क्षेत्रमा स्थापना गरिने छ ।
दैलेख र कालिकोटमा रेशा उद्योग स्थापनाको लागि पनि बजेट विनियोजन भएको छ भने छाला उद्योगको लागि बजेटको पहल भईरहेको रोकायाले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
गत बर्षदेखि शुरु गरिएको सम्भाव्यता अध्यनको कार्य यो बर्ष पनि निरन्तरता दिएको भन्दै उहाले उद्योग स्थापनाका लागि यो आर्थिक बर्षमा २ करोड रकम बिनियोजन गरिएको उहाले जानकारी दिनुभयो ।
यस्तै, भेरी करिडोर अन्तर्गत चार ठाउँमा औद्योगिक ग्रामको लागि पनि सम्भाव्यता अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।
गुणस्तरिय उत्पादन पक्रियाद्वारा सिधै अन्तराष्ट्रिय बजारमा लिनेगरी व्यवस्था गर्ने योजना भएपनि केही चुनौती रहेको रोकायाले बताउनुभयो ।