शंकर केसी ।
सल्यान, ५ कात्तिक (रेडियो कपुरकोट) । सल्यानका नागरिकहरुले योजना छनौट प्रक्रियामा जनसहभागीता बढाउनुपर्नेमा जोड दिएका छन् ।
सल्यानको कपुरकोटमा सहभागितामुलक योजना निर्माण र कार्यान्वयनका विषयमा नागरिकहरुसँगको गरिएको अन्तरक्रिया कार्यक्रम सहभागी नागरिकहरुले यस्तो बताएका हुन् ।
नागरिकहरुले माग गरेका केही योजनाहरु पुरा नहुने गरेको भन्दै स्थानीयले जनमैत्री योजना निर्माण गरी कार्यान्वयन गर्न कपुरकोट गाउँपालिकालाई आग्रह गरेका हुन् ।
जनप्रतिनिधी, कर्मचारी, युवा मञ्च र सामुदायीक समुहका सदस्यहरुका वीच सहभागितामूलक योजना र बजेट प्रक्रियालाई नागरिक र सरकार बीचमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
दलित विकास समाजद्वारा सञ्चालित सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले जानकारी दिनुभएकोे छ ।