स्याक नेपालद्वारा मास्क र सेनिटाइजर वितरण

सुर्खेत, ५ कात्तिक (जागरण) । कोभिड १९ को संक्रमणको जोखिम कम गर्न समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतले जिल्लाका सबै स्वास्थ्य स्वयम् सेविकाहरुलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ ।
आगामी मंसीर ११ र १२ गतेदेखि भिटामीन ए र जुकाको औषधी वितरको राष्ट्रिय अभियानलाई मध्यनजर गर्दै मास्क र सेनिटाइजर वितरण गरिएको हो ।
सु आहारा कार्यक्रम अन्तरगत स्वास्थ्य सामग्री वितरण गरिएको स्याक नेपालले जनाएको छ ।
६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई भिटामीन ए र १२ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई जुकाको औषधी वितरणको राष्टीय अभियान संचालन हुन लागेको छ ।