सुर्खेतका महिलाहरु स्वरोजगार बन्दै, मासिक पच्चिस हजारसम्म कमाई

प्रविण शाही ।
सुर्खेत, ७ कात्तिक (जागरण) । सुर्खेतको वीरन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार नीति नै लिएर नगरभित्रका महिलाहरुलाई उद्यमशिलतामा लाग्न प्रेरित गरेको छ ।
महिला लक्षित बजेटलाई प्रयोगमा ल्याई महिलाहरुलाई स्वरोजगारमा लाग्न विभिन्न सिपमुलक तालिमको व्यवस्थापन गरेको हो ।
नगरले अटो रिक्सा, ढाका बुनाई, सिलाईकटाई जस्ता विभिन्न उत्पादनमुलक तालिमद्धार महिलालाई स्वरोजगार बनाउन लागेको छ ।
नगरपालिकाले सञ्चालन गरेको तालिम लिएर नै अहिले वीरेन्द्रनगरका थूप्रै महिलाहरुले अटो सञ्चालन गरेर आर्थिक आम्दानी गरिरहेका छन् ।
वीरेन्द्रनगर –६ इत्रामकी मौसमी शाहीले नगरले दिएको तालिमले आफुलाई स्वरोजगार बनाएको भन्दै अहिले अटो सञ्चालन गरेर मासिक २० देखि २५ हजार आम्दानी गर्ने गरेको कर्णाली रैबारलाई बताउनुभयो ।
उहालाई अटो खरिद गर्दा पनि नगरपालिकाले एक लाख रकम अनुदान दिएको थियो ।
नगरपालिकाकै सहयोग रिक्सा संचालन गरिरहेको बताउँदै वीरेन्द्रनगर–१३ कै कविता थापाले अहिले घरखर्च टार्न श्रीमानको भर पर्नु नपर्ने बताउनुभयो आवाज…
उहाँहरु मात्र नभई वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा धेरै महिलाहरु विभिन्न पेशा व्यवसायमा लागेर मनग्य आम्दानी गरिरहेका छन् ।
यता, नगरपालिकाले सबै वडाका सिमात्कृत महिलाहरुका लागि स्वरोजगारमुखी कार्यक्रमहरु सञ्चालनका लागि करिब २ करोड रकम छुट्याएको नगर–उपप्रमुख मोहनमायाँ ढकालले बताउनुभयो ।