कर्णाली सरकारलाई तीन महिने बजेट कार्यान्वयनको बाटो खुल्यो

सुर्खेत, १५ जेठ (जागरण) । कर्णाली प्रदेशले चालु आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि ल्याएको बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ ।
बजेट ल्याएको करिब १ महिनापछि आज बसेको मन्त्रीपरिषद बैठकले बजेट कार्यान्वयनमा देखिएका कानुनी बाधा फुकाउने निर्णय गरेको हो ।
बजेट कार्यान्वयन सम्बन्धि देखिएका कानुनी बाधा हटाउन मातहतका अधिकृत र कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो । उहाँले अब सम्बन्धित मन्त्राललयहरुले आफ्ना कर्मचारी मार्फत बजेट कार्यान्वयन गर्ने बताउनु भयो
यस्तै आज बसेको मन्त्रीपरिषको बैठकले मुख्यमन्त्री राहत सहायता कोष निर्देशिकाको संशोधन प्रस्ताव पनि पारित गरेको छ ।
फरक क्षमताका साईकल यात्री यमलाल रसाईलीलाई ३० हजार सहयोग गर्ने निर्णय पनि मन्त्री परिषदले पारित गरेको छ ।
आजको बैठकले कर्णाली प्रदेश वित्तिय हस्तान्तरण सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।