कर्णालीका ३९ स्थानीय तहमा एकैपटक अस्पताल शिल्यान्या हुँदै (सुचिसहित)

सुर्खेत, ८ कात्तिक (जागरण) । मंसिर १५ गते कर्णालीका ३९ स्थानीय तहका अस्पतालको एकैदिन शिलान्यास हुने भएको छ ।
अस्पताल नभएका पालिकाहरुमा एकैदिन शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।
प्रदेशका सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो ।
५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउने निर्णय भइसकेको छ ।
यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।
कुन स्थानीय तहमा अस्पताल बन्दैछ ? हेर्नुहोसः