कालि बहादुर थापा ।
हुम्ला, ८ कात्तिक (रेडियो श्रीनगर) । हुम्ला जिल्ला अस्पतालमा कार्यरत एकजना डाक्टरलाई कोरोना संकमण देखिएपछि अस्पतालमा इमरजेन्सी र सुत्केरी सेवा बाहेक अन्य सबै सेवा बन्द गरीएको छ ।
अस्पतालका आकस्मिक सेवा र सुत्केरी सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिनु भयो ।
डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको छ ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ ।
सिनियर अनमी बोहराले सामाजीक सञ्जाल फेसबुक मार्फत हुम्ला जिल्ला अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोभिड १९ पोजेटीभ देखीएकाले अर्को सुचना जारी नहुँदा सम्म आकस्मीक सेवा बाहेक अन्य सबै सेवा बन्द गरीएको जानकारी दिनुभएको छ ।