सालमा झुसिल किराको प्रकोप

बुद्धी पुन ।
सल्यान, १० मंसिर (रेडियो राप्ती) । सल्यानमा पहिलो पटक झुसिल किराको प्रकोप देखा परेको छ ।
यस बर्ष जिल्लाको कालीमाटी गाउँपालिकामा रहेका प्रायः वनहरुमा झुसिल किराको प्रकोप देखा परेको हो ।
झुसिल किराले सालका पातहरु खाएपछि सबै रुख नाँगै भएका छन् । बालीनाली खाने जस्तै झुसिल किरा सालको रुखका पातमा बसेर पात खाएपछि रुखहरु नाँगै बनेको स्थानियले बताएका छन् ।
अहिले कालीमाटी गाउँपालिका भित्रको साल मिश्रित तल्लो क्षेत्रका सामुदायिक, राष्ट्रि तथा निजि वनहरुमा रहेका सालका पातहरु झुसिल किराले खाएर सखाप पारेको छ ।
पाथिटाकुरा सामुदायिक वन समुह कालीमाटी गाउँपालिका वडा नम्बर २ झिंगालेका उपाध्यक्ष दल बहादुर वलीले साना ठूला सालका रुखको पात अहिले झुसिल किराले खाएर उजाड बनेको जानकारी दिनुभयो ।
यता, डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज शर्मा लम्सालले झुसिल किराको प्रकोपका बारेमा कार्यालयमा सुचना आएपछि आफुहरुले स्थलगत रुपमा अनुगमण गरेको छ ।