एमयुको दोश्रो चरणको परिक्षा आजदेखि शुरु

प्रविण शाही ।
सुर्खेत, १४ मंसिर (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो चरणको अनलाईन परिक्षा आजदेखि शुरु भएको छ ।
परिक्षा पुष १३ गतेसम्म संचालन हुने विश्वविद्यालय परिक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।
परिक्षामा स्नातक र स्नाताकोत्तर तहका विभिन्न संकाय ७ हजार ५ सय ५५ जना विद्यार्थीहरु सहभागी भएको परिक्षा व्यवस्थापन कार्यालय प्रमुख डाक्टर आनन्द प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
परिक्षामा सहभागी हुनेमा मानविकी संकायततर्फका एक हजार चार सय ४१, शिक्षा संकायका २ हजार ४ सय ९९ सय, व्यवस्थापन संकायका २ हजार १ सय ८८ जना सहभागी छन् ।
यस्तै, विज्ञान तथा प्रविधि संकायका ३ सय ९४, इञ्जिनियरिङ्ग संकायका ९ सय ५५ र कानुन संकायका ७८ जना विद्यार्थीहरु सहभागी भएको डाक्टर सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्नातक तह अन्तर्गत पहिलो, तेस्रो र पाचौँ सेमिष्टार, र स्नातकोत्तर तहको पहिलो सेमिष्टार परिक्षा शुरु गरिएको हो ।
प्रमुख सुवेदीले आजदेखि सञ्चालन भएको परिक्षमा १८ ओटा परिक्षा केन्द्र रहेको बताउनुभयो ।
यसैबिच, विश्वविद्यालयको अन्य १० ओटा आङ्गिक क्याप्सहरुमा समेत यो पटकदेखि परिक्षा सञ्चालन भएको सुवेदीले बताउनुभायो ।
उहाँका अनुसार जलजला बहुमुखी क्याम्पस रोल्पामा २ सय ४४, तिलाा कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा १ सय ४५, नारायण क्याम्पस दैलेखमा ४ सय ४ जना छन् ।
यसैगरी, भेरीज्ञानोदय क्याम्पस जाजरकोटमा ३ सय ९१, भेरी शिक्षा क्याम्पस गुमीमा ७८, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पसमा रुकुम पश्चिबमा ४ सय ६१, रारा बहुमुखी क्याम्पस मुगुमा १ सय २८ जना परिक्षार्थीहरु सहभागी भएका छन् ।
यस्तै बबई बहुमुखी क्याम्पस बर्दियामा ६ सय ५३, वागेश्वरी बहुमुखी क्याम्पस बाँकेमा ६ सय ८४, विद्यापुर जनता बहुमुखी क्याम्पस विद्यापुरमा १ सय ८७ जना परिक्षामा सहभागी भएका शुवेदीले जनाकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै परिक्षा अनलाईन माध्यमबाट संचालन हुने छ । यसअघि पनि कात्तिक १७ गतेदेखि अनलाइन माध्यमबाटै पहिलो चरणको परिक्षा संचालन गरिएको थियो ।