महिलालाई बलात्कार गरेर गर्ववती बनाउने एकजना पुरुष पक्राउ

सल्यान, १५ मंसिर (जागरण) । सल्यानमा २२ वर्षीया महिलालाइ बलात्कार गरेर गर्ववती बनाउने एकजना पुरुष पक्राउ परेका छन् ।
सल्यानको दार्मा गाउँपालिका ३ मा पसल गर्दै आएकी महिलालाइ बलात्कार गरेर गर्भवती बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागचौर नगरपालिका–३ का ५४ वर्षीय कालो वली रहेका छन् ।
पीडित महिलालाइ आर्थिक प्रलोभनमा पारी गएको असार २७ गते बलात्कार गरेको उजुरीको आधारमा आरोपित वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
वलीले आफुलाई पटक पटक बलात्कार गरेको र घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको पीडित महिलाले बताएकी छन् ।