कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

सुर्खेत, १५ मंसिर (जागरण) । कर्णाली प्रदेशमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कर्णाली प्रदेशमा ९२ हजार ६ सय ८४ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ६ हजार ८ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज थप २३ जना कोरोनामुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना मुक्त हुनेको संख्या ६ हजार २ सय ८३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
अब कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय २९ जना रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा आज थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण भएको थियो । अब देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् । स्वास्थय मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना कोरोना मुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।