कर्णाली प्रदेशमा सुरक्षा व्यवस्था मजबुत बनाइने

सुर्खेत, १६ मंसिर (रेडियो ध्रुवतारा) । कर्णाली प्रदेशका प्रहरी प्रमुख वसन्तकुमार पन्तले कर्णाली प्रदेशमा सुरक्षा व्यवस्था मजबुत रहेको बताउनुभएको छ ।
कर्णालीमा प्रहरी जनशक्तिको केही अभाव भए तापनि अहिले भएको जनशक्तिबाट सुरक्षा व्यवस्था मजबुत परिएको बताउनुभयो ।
दैलेखको तल्लो डुंगेश्वरमा रहेको प्रहरी चौकीको नयाँ भवन उद्घाटन गर्दै पन्तले कर्णाली प्रदेशका १० जिल्लाहरूमा प्रहरीद्वारा जनतालाई प्रदान गर्दै आएको सुरक्षा व्यवस्था मजबुत रहेको बताउनुभयो ।
कर्णालीका केही जिल्लाहरूमा विप्लव समूहको गतिविधि भइरहेको सूचना प्राप्त हुने गरेको छ ।
उक्त समूहले विभिन्न कार्यक्रम गर्ने चन्दा असुली गर्ने लगायतका काम गर्दै आएको सूचना आउने गरेको र त्यसलाई मध्यनजर गर्दै प्रहरीले आफ्ना गतिविधि अगाडि बढाइरहेको पन्तले बताउनुभएको छ ।
कर्णाली प्रदेशका १० जिल्लाहरूमा अहिले १२ सय देखि १५ सय सम्म प्रहरी जनशक्ति अभाव रहेको प्रहरी प्रमुख पन्तले बताउनुभएको छ ।