सल्यानमा वस दुर्घटना, पच्चिस जना घाइते

सल्यान, १८ मंसिर (जागरण) । सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा भएको यात्रुवहाक बस दुर्घटनामा घाइते हुनेको संख्या २५ पुगेको छ ।

हिजो दिउँसो नेपालगञ्जबाट रुकुमको चौरजहारीतर्फ यात्रु लिएर जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको भेरी राप्ती यातायात प्रालिको यात्रुबाहक बसमा सवार २५ जना घाइतेको विवरण खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सडक देखि ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइते हनेहरुमा बाँके जिल्ला कोहलपूर नगरपालिका १२ बस्ने वर्ष २७ कि प्रेरणा कूमाई, रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ बस्ने वर्ष १८ कि सुनिता बुढाथोकी, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने वर्ष ३२ कि पूनम बिष्ट, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्नेवर्ष ७२ नरक बुढा रहनुभएको छ ।
यस्तै, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने वर्ष ६५ कि दुर्गा बुढा, सल्यान कूमाख गाउँपालिका १ बस्ने वर्ष ३५ का मान बहादुर बुढाथोकी, सल्यान कूमाख गाउँपालिका ४ बस्ने वर्ष २८ कि कौशिला बस्नेत, सल्यान कूमाख गाउँपालिका ४ बस्ने वर्ष ४० कि देबी बुढाथोकी,
सल्यान कूमाख गाउँपालिका ४ बस्ने वर्ष ७० कि डम्मर कुमारी बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, सल्यान कूमाख गाउँपालिका ४ बस्ने वर्ष ५० कि छाया शाही, सल्यान कूमाख गाउँपालिका ४ बस्ने वर्ष १३ का उत्तम बि सी, बाके जिल्ला कोहलपूर नगरपालिका १० बस्ने वर्ष ३८ का गणेश बुढाथोकी, सल्यान कूमाख गाउँपालिका ५ बस्ने वर्ष ४५ कि लालमती कूमाई, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने वर्ष ३८ कि साहुनी गोसाई, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने वर्ष ४० का खड्ग बहादुर गोसाई, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने वर्ष ३६ कि कौशिला गोसाई, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ बस्ने वर्ष ६७ कि धनकला गोसाई,
सल्यान कूमाख गाउँपालिका १ बस्ने वर्ष १५ का निम बहादुर बुढाथोकी, सल्यान कूमाख गाउँपालिका १ बस्ने वर्ष १२ कि गीता बि क, सल्यान बगचौर नगरपालिका ५ बस्ने वर्ष ५३ का प्रेम बहादुर पून,
सल्यान बगचौर नगरपालिका ५ बस्ने वर्ष ५० कि बिर्मी पून, सल्यान कूमाख गाउँपालिका ४ बस्ने वर्ष ११ का सन्तोस बि क, सल्यान कूमाख गाउँपालिका ५ बस्ने वर्ष ६० कि तुलसा शाही, सल्यान कूमाख गाउँपालिका ५ बस्ने वर्ष ४४ का तेज बहादुर राना र सल्यान कूमाख गाउँपालिका ५ बस्ने वर्ष ५८ कि टिका कुमारी चन्द रहेको प्रहरीले जनाएको छ । ४ जनाको अवस्था चिन्ताजनक रहेको र उनिहरुको उपचारको लागि नेपालगञ्ज पठाइएको सल्यान प्रहरीले जनाएको छ ।