रुकुम पश्चिमको चौरजहारी अस्पताल प्रदेशकै उत्कृष्ट

ज्ञानु गौतम ।
रुकुम पश्चिम, १८ मंसिर (रेडियो चौरजहारी) । रुकुम पश्चिमको चौरजहारी अस्पताल सामुदायिक स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गरेवापत सम्मानित भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित चौरजहारी अस्पताल लाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रशंसा पत्र प्रदान गरीे सम्मान गरेको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय विरेन्द्रनगर सुर्खेतले कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी त्यहाँको नागरिकहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन उल्लेख्य भुमिका खेलेको भन्दै सम्मान गरेको प्रसंशा पत्रमा उल्लेख गरीएको छ ।