अपाङ्गग सम्बन्धी कानूनको कार्यन्वयन गर्न सरकारलाई आग्रह

सुर्खेत, १८ मंसिर (जागरण) । अपाङ्गता सम्बन्धी बनेका ऐन कानुनहरु कार्यान्वयन गर्न राष्ट्रिय अपाङ्गग महासंघ नेपालले सरकारलाई आग्रह गरेको छ ।
आज कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा कार्यक्रममा तीनै तहका सरकारले अपाङ्गगता भएका व्यक्तिहरुको खोज तथा सम्मान गर्न बनाइएकाको कानूनको कार्यन्वयन नभएको बताएको हो ।
राष्ट्रिय अपाङ्गग महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले कर्णाली प्रदेशका कतिपय क्षेत्रहरुका अपाङ्ग व्यक्रिहरुले पाउँनु पर्ने अपाङ्गगता परिचयपत्र समेत नपाएको बताउनुभयो ।
विशेषत कर्णाली प्रदेशमा पनि धेरै नागरिकहरु अपाङ्गग रहेका छन् ति मध्ये केहि विद्यार्थी रहेका छन् ।
उनिहरुलाई संरक्षण र रेखदेख हुनुको साटो उनिहरु नै धेरै हिंसा, अपहेलना, दुव्र्यवहार र विभिन्न यातना भोग्न बध्य रहेको उहाले बताउनुभयो ।
यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रायल अन्तरर्गत सामाजिक सुरक्षा तथा महिला विकास शाखा प्रमुख यशोदा कुमारी शर्माले अपाङ्ग भएका व्यक्तीहरुलाई सम्मान गर्नेगरी कर्णाली प्रदेश अगाडी बढेको बताउनुभयो ।