बालिका बलात्कार आरोपमा दुइजना पक्राउ

कालि बहादुर थापा ।
हुम्ला, २० मंसिर (जागरण) । बालिका बलात्कार गरेको आरोप हुम्लाको सर्केगाड गाउँपालिका वडा ६ का दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वर्ष साउन २१ गते १३ वर्षीया बालिकालाई लुगा धुन गएको समयमा पाँच जनाले सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई तत्काल नै पक्राउ गरेको थियो भने फरार दुईजनालाई आज पक्राउ गरेको हो ।
बालिकालाई बलात्कार गरेको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले डेढ वर्षपछि सर्केगाड गाउँपालिका वडा ६ बाटै प्रहरीले पक्राउ गरेको छ ।
उक्त घट्नामा संगलग्न आरोपित तीन जनालाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो ।
आज पक्राउ पर्ने सर्केगार्ड गाउँपालिका– ६ का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रही नायव उपरिक्षक सूर्यप्रकास सुवेदीले बताउनुभएको छ ।