बन्यजन्तुले क्षती गरेका किसानहरुलाई राहत रकम वितरण

सुर्खेत, २० मंसिर (जागरण) । बन्यजन्तु जनावरले लगाइएको खेतीमा क्षती गरेपछि सुर्खेत वराहाताराहत नागरिकहरुलाई राहत वितरण गरिएको छ ।
तरङ्गा सिद्धचुली उपभोक्ता समिति र बर्दीया राष्ट्रिय निकुञ्जले संयुक्त रुपमा गाउँपालिका वडा नम्बर ३ का नागरिकहरुलाई राहत वितरण गरिएको हो ।
उक्त वडामा चितुवाले घरपालुवा गाई भैसी मार्न थालेपछि किसानहरु चिन्तत छन् । भने लगाइएको खेती पनि अन्य बन्यजन्तुले सखाप पारेको छ ।
पाक्न लागेको खेती र पशु चौपायमा ठुलो क्षती बेहोरेका उक्त वडाका एक सय ४ घर परिवारलाई राहत स्वररुप ६ लाख ५२ हजार रकम दिइएको तरङ्गा सिद्धचुली उपभोक्ता समितिका अध्यक्ष चन्द्रकला बुढाले जानकारी दिनुभयो ।
अन्य पिडित व्यक्तीहरुलाई पनि क्षती आधारमा टोल टोलमा नै गएर राहत वितरण गरिने उहाले जानकारी दिनुभयो ।
उहाले किसानहरुलाई थोरै भएपनि राहत हुनेगरी उक्त रकम दिइएको भन्दै अन्य संघसंस्थाहरुले पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
राहत वितरण कार्यक्रम समिति अध्यक्ष बुढा र बर्दीया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार गरिएको हो ।