हातेमालो जागरणले पारित गर्यो बचत तथा ऋण नीति

सुर्खेत, २१ मंसिर (जागरण) । हातेमालो जागरण सहकारी संस्थाले बचत र श्रण नीति पारित गरेको छ ।
सहकारी संस्थाको सम्पन्न दोश्रो बार्षिक साधरणसभाबाट बचत र ऋण नीति पारित गरेको हो ।
बचत नीतिमा अन्तरगत अनिवार्य, ऐच्छिक, बालबचत, आवधिक, शैक्षिक, चाडपर्व बचत हुने छन् ।
त्यसैगरी, सहकारीले नयाँ बचतको रुपमा मृत्यु संसकारलाई नीतिमा राखेको छ । जसमा मृत्यु संस्कारमा हुने र्खच व्यवस्थापनका लागि आवश्यकता अनुसार बचत गर्न सकिने छ । बचत भएको रकमको बार्षिक ६ प्रतिशत व्याजदर दिने सहकारीले जनाएको छ ।
यस्तै, सहकारीले अवधीको आधारमा, सुरक्षणको आधारमा र उद्देश्यका आधारमा ऋण उपलब्ध गराउनेगरी नीति बनाएको छ ।
यसैबिच, संस्थाको बार्षिक प्रगती प्रस्तुत गर्दै सचिव नवराज खड्काले हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाले सुचना, आयआर्जन र उद्यमशिलताका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
यस्तै, कोषाध्यक्ष चन्द्रा कुमारी भट्टराइले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक बर्ष २०७६÷७७ सम्म एक करोड ६५ लाख ७६ हजार ६ सय २२ रुपैयाँ आम्दानी गरेको बताउनुभयो । उहाले आगामी आर्थिक बर्षमा एक करोड २९ लाखको प्रस्तावित आम्दानी रकम पेश गर्नुभएको थियो ।
यस्तै, सहकारीले गत आर्थिक बर्षमा १ लाख ५५ हजार ८ सय ३९ रुपैयाँ विभिन्न शिर्षकमा खर्च गरेको जनाएको छ भने आगामी बर्ष एक लाख ८० हजार विभिन्न शिर्षकमा खर्च हुने अनुमान गरेको छ ।
साधरणसभाको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पुर्ण प्रसाद पौडेलले सहकारीले गरेको योगदानको बारेमा जानकारी गराउदै आगामी दिनमा अझै मजवुत बनाउदै लैजाने बताउनुभयो ।
उहाले उद्देश्य मिल्ने सहकारीहरु एकिकरण हुन आग्रह समेत गर्नुभएको छ । साधरणसभामा स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य, संस्थाका सेयर सदस्यहरुको सहभागीता रहेको थियो । सहकारीमा अहिले ३ सय ५२ जना सेयर सदस्यहरु रहेका छन् ।
कोभिड १९ का कारण सहकारीको दोश्रो साधरणसभा विभिन्न चरणमा गरेर शनिबार सम्पन्न गरिएको हो ।