सुर्खेतका युवाहरु सामाजिक विकृतीविरुद्धको अभियानमा

पंख बहादुर शाही ।
सुर्खेत, २१ मंसिर (जागरण) । सुर्खेतका युवाहरु भ्रष्ट्राचार, बालविवाह, लापुपदार्थ जस्ता विकृतीविरुद्ध अभियानमा लागेका छन् ।
‘युवाहरुको अभियान भ्रष्ट्राचार, बालविवाह, लापुपदार्थ र कुसस्कार मूक्त समाज हाम्रो पहिचान’ भन्ने नारासहित उनिहरु यस्तो अभियानमा लागेका हुन् ।
विभिन्न संवाद समुहका माध्यामबाट सचेतनामुलक अभियान सञ्चालन गर्दै आएको युवाहरुको भनाई छ ।
वीरेन्द्रनगरका संवाद समुहका किशोर किशोरीहरुलाई जीवजवृती योजना निर्माण थता उत्प्रेरणात्मक विषयमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
आशा सञ्जालको आयोजना, समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरण र स्ट्रोमा फाउण्डेसनको सहयोगमा सुर्खेतमा भएको दुइदिने प्रशिक्षण कार्यक्रममा सहभागी भएका उनिहरुले यस्तो बताएका हुन् ।
उनिहरुको अभियानमा आशा सञ्जाल सुर्खेतले सहयोग गरिरहेको छ ।
२०७१ साल देखि विभिन्न अभियानहरु मार्फत युवावर्गलाई सकरात्मक दिशातर्फ अघि बढ््न प्रेरित गरिरहेको सञ्जालले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पद्मा खड्काले सञ्जाल मार्फत किशोर किशोरीहरुले समाज रुपान्तरणमा ठुलो भुमिका खेल्न सक्ने बताउनुभयो ।
यस्तै, स्याक नेपालका अध्यक्ष मिना तिवारीले पनि किशोर किशोरीहरुले घर, गाउँ हुँदै देशैभर समाज रुपान्तरणका अभियानहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सञ्जालका अध्यक्ष समिना वानुका अनुसार सुर्खेत जिल्लाभरका ६ हजार ३ सय ८५ भन्दा धेरै किशोर किशोरीहरु आवद्ध भएर विभिन्न अभियनाहरुमा काम गरिरहेका छन् ।
सञ्जालका ३ सय ५९ ओटा संवाद केन्द्रबाट, ६३ ओटा वडा स्तरिय आशा सञ्जाल, ८ ओटा स्थानीयतह र यउटा जिल्ला स्तरको गरेर आशा सञ्जालले आफ्ना संरचनाहरु निर्माण गरेको अध्यक्ष वानुले बताउनुभयो ।