हुम्लामा शिक्षा र स्वास्थ्यको अवस्थाको जानकारी लिईँदै

कालि बहादुर थापा ।
हुम्ला, २१ मंसिर (जागरण) । हुम्ला सर्केगाड गाउँपालिकाले शिक्षा र स्वास्थ्य संस्थाहरुको अवस्थाको बारेमा अनुगमन सुरु गरेको छ ।
लामो समयको लकडाउन पछि बिद्यालयहरु, स्वास्थ्य संस्थाहरुको अवस्थाका बारेमा अनुगमन निरक्षण गर्न थालेको हो ।
विद्यालयको भौतीक संरचनाको अवस्थाका बारेमा जानकारी लिइने भन्दै नगरपालिकाले नागरीकहरुले सहजरुपमा स्वस्थ्य सुविधा पाएनपाएको जानकारी लिइने बताइएको छ ।
अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव रहेको पाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बबरजंग पालले बताउनुभयो ।
गाउँपालिकाले निर्णय गरे अनुसार पहिलो चरणमा वडा नम्बर १, २ र ३ मा अनुगमन गर्ने र त्यस पछि अन्य वडाहरुमा अनुगमन गरिने उहाले जानकारी दिनुभएको छ ।