कर्णाली प्रदेशमा एक बर्षमा ४९ जना नयाँ कुष्ठरोगी

सुर्खेत, २३ मंसिर (जागरण) । कर्णाली प्रदेशमा एक बर्षमा ४९ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन । आर्थिक वर्ष २०७६÷०७७ मा कर्णालीका १० जिल्लामा नयाँ विरामी पत्ता लागेका आइएनएफ सुर्खेतले जनाएको छ । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आईएनएफले सबैभन्दा धेरै सुर्खेतमा १४ जना नयाँ विरामी भेटिएको जनाएको छ ।

यस्तै जाजरकोटमा १३, सल्यानमा २, कालिकोटमा ६ जुम्लामा १ नयाँ बिरामी फेला परेका छन्। कर्णालीका सुर्खेत सहित दैलेख, जाजरकोट र कालिकोट कुष्ठरोगको जोखिममा रहेको जिल्लामा परेका छन्।
आईएनएफ सुर्खेतमा कर्णाली प्रदेश बाहेका अन्य जिल्लाका १० जना विरामीले पनि सेवा लिएको अस्पतालले जनाएको छ । प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनि बढ्दै जाँदा यसमा चुनौती देखिएको छ ।
साइनिङ अस्पतालका प्रमुख मंगल चौधरीले कर्णालीमा ६० जनाको हाराहारी बर्षमा नयाँ कुष्ठरोगका विरामी देखिने गरेको बताउनुभयो ।
उहाँले यो बर्ष कोरोना माहामारीका कारण धेरैले सेवा लिन नपाएकाले विरामीको संख्यामा कमी आएको बताउनुभयो ।
विरामीमध्ये अधिकांश १५ देखि ५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष उमेरमाथीका ६ र एकदेखि १४ वर्ष उमेर समूहका चार जना रहेका बताउनुभयो ।
नेपालमा पनि वर्षेनी ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन् ।
एक बर्षको अवधिमा आइएनएफ सुर्खेतमा १० हजार कोष्ठरोग तथा छाला सम्बन्धी समस्या भएका विरामीले सेवा लिएका छन ।