सायित्कार पृथ्वी बहादुर सिंहद्वारा लिखित समृद्धीको लहरी सग्रहको विमोचन

सुर्खेत, २३ मंसिर (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिका ४ मा जन्मिनुभएका सायित्कार पृथ्वी बहादुर सिंहद्वारा लिखित दुइवटा सग्रहको विमोचन गरिएको छ ।
समृद्धिको लहरीमा कर्णाली नियात्रा सग्रह र सहिदका सपना कविता सग्रहको एक कार्यक्रमबिच कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही र मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपती नन्द सिंहले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले साहित्यकारहरुले देखेका सपना साकार बनाउन सरकार सधै दत्त चित्त भएर लाग्ने बताउनुभयो ।
उहाले समृद्धिको सपनालाई साकार बनाउन प्रदेश सरकारले लिएका नीतिहरुलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सग्रहमा देशलाई कसरी समृद्ध बनाउन सकिन्छ ? र त्यसमध्य पनि सबैभन्दा पछाडी परेको कर्णालीको समृद्धि कसरी हासिल गर्न सकिन्छ भनेर सग्रहमा राखिएको छ ।
दुइवटै सग्रहहरुको समिक्षा समेत गरिएको छ । पहिलो सग्रह समृद्धिको लहरी कर्णालीको समिक्षा उपप्रध्यापक डाक्टर दिपक गौतम र दोश्रो सग्रह सहिदको सपनाको समिक्षा बलभद्र भारतीले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्य निकेतनका अध्यक्ष बलभद्र भारतीको अध्यक्षमा कवि गोष्टी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विज्ञान संकायको हलमा सम्पन्न भएको थियो ।