विद्यालयहरु संचालन भएपनि विद्यार्थीहरुमा त्रास कायमै

नन्द कठायत ।
सुर्खेत, २४ मंसिर (जागरण) । कोरोना भाइरसका कारण लामो समय बन्द कर्णालीका विद्यालयहरू अहिले पुनः संचालनमा आउन थालेका छन् ।
सरकारले विद्यालय संचालन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएसँगै जोखिमकाविच विद्यालय संचालनमा ल्याइएको हो । कर्णालीका कतिपय विद्यालयले पालो मिलाएर कक्षा संचालनमा ल्याएको बताएका छन् ।
तर विद्यार्थीले भने कोरोनाको त्रास अझै कायम रहेको भन्दै पढाईमा त्यती ध्यान नगएको बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत नेवारेमा रहेको अम्मर ज्योती माध्यामिक विद्यायमा अध्यानरत छात्र धुव्रराज जैसीले कोरोनाले त्रास अझै कायम रहेको भन्दै पढार्यमा ध्यान दिन नसकिएको कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै सिद्धापाइला इंलिस मिडियम विद्यालयमा अध्यानरत छात्रा रक्षा दाहलले पनि कोरोनाको डर लाग्ने गरेको बताउँदै पढ्न ध्यान दिदा खोज्दा पनि नहुने गरेको बताउनुभयो । उहाले विद्यालयमा स्वास्थ्य सावधानी भने अपनाइएको बताउनुभयो ।
यता, विद्यालयहरुले भने सबै स्वास्थ्य सावधानी अपनाइएको भन्दै विद्यार्थीहरुमा पहिलेको जस्तो ध्यान नभएको बताएका छन् । विद्यार्थीहरुमा संवेगत्मक असर पुगेको शिक्षकहरुले बताएका छन्
अम्मर ज्योती मामध्यामिक विद्यालय नेवारे सुर्खेतका प्रध्यानाध्यापक खगेन्द्र थापाले विद्यार्थीहरु लामो समय घरमा बस्दा नैरेस्सेता बढेको जस्तो देखिएको बताउनुभयो ।
यस्तै, लामो समय क्वारेन्टाइन बनाइएका कालिकोटका विद्यालयमा भएका भौतिक संरचनाहरुमा क्षती भएपछि विद्यार्थी खुल्ला आकासमुनी पढ्न बाध्य भएका छन् ।
क्वारेन्टाईन र आइशोलेसन बनाइएका विद्यालयहरुमा अहिले विद्यार्थीहरु पढ्न जान नमान्ने गरेका हुन् ।
कालिकोटका अधिंकास विद्यालयहरु अहिले महामारीका कारण सुनसान छन् । कतिपय विद्यालयहरुमा पढाई सुरु गरिएको छ । तर विद्यार्थीहरुलाई बस्नका लागि डेक्स बेन्च छैनन् । सान्नीत्रिवेणी गाउँपालिका १ का विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य छन् ।