दोश्रो चौमासिकमा परिणाम आउने कर्णाली प्रदेशको दाबी

पंख बहादुर शाही ।
सुर्खेत, २४ मंसिर (जागरण) । कर्णाली प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले दोस्रो चौमासिक सम्ममा प्रगति हाँसिल हुनेगरी काम हुने बताएको छ ।
पहिलो चौमासिक बजेट कार्यान्वयन गतिलो नभएपछि दोश्रो चौमासिकमा परिणाम निस्कनेगरी काम हुने मन्त्रालयले बताएको हो ।
चालु आर्थिक बर्षमा सञ्चालन हुने अधिकांस योजनाहरुको समmभौता, डिपीआर, खरिद स्टेमेट लगाएका कामहरु सकिएकाले अब रफ्तारमा काम हुने मन्त्तालयले जनाएको छ ।
महत्वपुर्ण योजनाको रुपमा रहेको सुर्खेत उपत्यका खानेपानीको योजना संघीय सरकार सँगको सहकार्यमा डिपीआरको अन्तिम बिन्दुमा पुगेको छ भने अर्काे एकिकृत राजधानी पुर्वाधार विकास कार्यक्रम अन्तर्गत राजधानी भित्रका विभिन्न योजनाहरुको कामलाई निरन्तरता दिने काम अघि बढ्दैछ ।
अन्तरप्रदेश जोड्ने सडक अन्तर्गत कालिकोटबाट सुदुपश्चिम प्रदेशको रामारोशन जोड्ने सडक, सुर्खेत भुरीगाउँ तेलपानी लगाएतका सडकहरु छन् ।
करिब १२ अर्ब बजेट पहिलो चौमासिकमा योजना निर्माण, खरिद स्टमेट, डिपीआर निर्माण लगायत भएको भन्दै मन्त्रालयका प्रवक्ता गोपाल शर्माले बजेट खर्च कम हुनु स्वभाविक भएको कर्णाली रैबारलाई बताउनुभयो ।
प्रथम चौमासिक समिक्षा गर्दा चालु आर्थिक बर्षदेखि सञ्चालन हुने योजनाहको सम्झौता सम्पन्न भएको र कतिपएको क्रमागत योजनाहरुको भुक्तानी प्रक्रिया पनि भईरहेको उहाले बताउनुभयो ।
भौतिक पुर्वाधार मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दोस्रो चौमासिक सम्म ५० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयले चालुआवको विनियोजित बजेटको ४० प्रतिशत बजेट अर्थात ५ अर्ब बजेट सडकमा छुट्याईएको बताउँदै पहिलो चौमासिकमा खर्च हुनपर्ने बजेट मध्ये ४७ प्रतिशत मात्र कार्यान्वयन भएको दाबी गर्नुभयो ।
तर कर्णाली प्रदेशको पहिलो चौमासिक बजेट खर्च दुइ प्रतिशत मात्र छ । अधिकांस बजेट यही मन्त्रालय मातहतमा हुने गर्दछ ।