कर्णाली प्रदेशमा आयुर्वेद औषधी प्रयोग गर्नेको संख्यामा वृद्धि

पंख बहादुर शाही ।
सुर्खेत, २५ मंसिर (जागरण) । कर्णालीका आयुर्वेधीक क्षेत्रमा कार्यरत चिकित्सकहरुले प्रदेशमा पाइने जडिबुटीहरुको प्रशोधनमा ध्यान दिन आग्रह गरेका छन ।
प्रदेशमा पछिल्लो समय आयुर्वेद तर्फ नागरिकहरुको आर्कषण बढ्न थालेको भन्दै उनिहरुले आयुर्वेधिक औषधी उत्पादन बढाउनुपर्ने बताएका हुन् ।
कर्णालीमा पाईने बहुमुल्य जठिबुटी संकलन गरी प्रशोधन, एव आयुर्वेद औषधी उद्योग स्थापना गर्नुपर्ने कर्णाली प्रदेश आयुर्वेधिक अस्पतालका प्रमुख डाक्टर संकर प्रसाद रिजालले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले आयुर्वेधिक औषधी उत्पादनको लागि कर्णाली प्रदेश उपयुक्त रहेको भन्दै आर्थिक यसको वृद्धि गर्न सके सामाजिक तथा स्वास्थ्य सुचकमा बढोत्तरी गर्न सकिने थुप्रै सम्भावनाहरु रहेको बताउनुभयो । तर प्रदेश सरकारले आयुर्वेद तर्फ उपेक्षित गरेको उहाँको भनाई छ ।
यस्तै, कर्णाली प्रदेश आयुर्वेधिक औषधालय सुर्खेतमा विगतको तुलनामा सेवा लिनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।
हाल औषधालयले निशुल्क ओपीडि सेवा, निशुल्क औषधि वितरण, प्रयोगशाला सेवा, पंचकर्म सेवा, जेष्ठ नागरिक स्वास्थ्य रक्षा कार्यक्रम, स्तनपान, र दशमुलारिष्ट वितरण, लगाएतका सेवाहरु प्रदान गरिरहेको छ ।
औषधालयमा गत आर्थिक बर्षको तुलनामा सेवा लिनेहरुको सँख्या वृद्धी भएको हो ।
गत आर्थिक बर्ष २०७६÷०७७ मा २८ हजार ३ सय ५५ जनाले जनाले सेवा लिएको औषधालयमा आर्थिक बर्ष ०७५÷०७६ मा २२ हजार ९ सय ९० जनाले सेवा लिएका थिए ।
कोभिड १९ को महामारीपछि अझै सेवा लिने वृद्धि भएको भन्दै उहाले डरत्रासलाई न्युनिकरण गर्न जडिबुटीको सेवन, योगा ध्यान, जिवनशैली परिर्वतन र मनोसामाजिक परामर्शको सेवा दिइएको उहाले बताउनुभयो ।