सुशासनलाई बलियो बनाउन विभिन्न चरणमा छलफल

नन्द कठायत ।
सुर्खेत, २५ मंसिर (जागरण) । कर्णाली प्रदेशको सामाजिक विकास समितिले भ्रष्ट्राचार विरुद्ध सुशासनको क्षेत्रमा काम गर्न विभिन्न छलफल शुरु गरिएको जनाएको छ ।
भ्रष्ट्राचार न्युनीकरणमा गर्न समितिबाट सरकारलाई विभिन्न समयमा निर्देशन गर्ने गरिएको हो ।
कस्ता नीति बनाउन निर्देशन गर्ने भन्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको समितिका अध्यक्ष देवी ओलीले कर्णाली रैबारसँग बताउनुभयो ।
सु शासन कायम गर्न स्वयम आफु पनि सच्चिन आवश्यक रहेको भन्दै उहाले सरकारले पनि नीति नियमलाई फ्लो गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिबाट विभिन्न समयमा सु साशन कायम गर्न सरकारलाई निर्देशन र खवरदारी गर्ने गरिएको बताउनुभयो ।
कर्णालीमा भ्रष्टाचारका गतिविधिहरु बढेको जनगुनासो आइरहेको बताउँदै उहाले यसतर्फ सचेत हनु सरकारलाई आग्रह समेत गर्नुभयो ।
समितिले ऐन कानुन निर्माण गर्ने कार्यमा सरकारलाई सघाउने काम गरेको उहाँको भनाई छ ।