नन्द कठायत ।
सुर्खेत, २६ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले जडिबुटी तथा जैविक स्रोत प्रशोधन सम्बन्धी प्रस्ताव आब्हान गर्ने भएको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा बाताबवरण मन्त्रालयले कर्णालीका दशवटै जिल्लामा भएको जडिबुटी तथा जैविक स्रोतको सम्भाव्यताका आधारमा प्रस्ताव आब्हावन गर्ने तयारी गरेको हो ।
प्रत्येक जिल्लामा जडिबुटी प्रशोधन, भण्डारण र बजारीकरण र उद्योग प्रवद्र्धनका लागि संघ सरकारको सशर्त बजेट अन्र्तगत अहिले सबै जिल्लामा १०–१० लाख विनियोज गरिएको मन्त्रालयका असूचना अधिकारी सेर बाहदुर रोकायाले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रत्यक जिल्लामा त्यसको लागि प्रदेश सरकारले जडिबुटी प्रशोधन सम्बन्धी फोकल टिम गठन गर्ने गरिने छ ।
उहाँले सरकारले सम्भाव्यताका आधारमा कर्णालीका दशवटै जिल्लामा जडिबुटी खेती विस्तार कार्यक्रम संञ्चालन पनि गरिने बताउनुभयो ।
आर्थिक वर्ष २०७६÷७७ मा वार्षिक कार्यक्रम अन्र्तगत जडिबुटी लगायतका जैविक स्रोतको प्रशोधनको लागि दशवटै जिल्लामा सम्भाव्यता अध्यन गरिएको भन्दै उहाले अब काम अगाडी बढ्ने बताउनुभयो
उद्योग पर्यटन वन तथा मन्त्रालयले अहिले कच्चा पर्दाथमा आधारीत उद्योग प्रवद्र्धन गर्न रेसादार तथा बन पैदावार अल्लो, केतुकीलगायतका जडिबुटीलाई प्रथामिकता दिएको बताउनुभयो ।
उहाँका अनुसार सरकारले जडिबुटी पकेट क्षेत्रका अधारमा टिमुर, तेजपात, चिराइतो, जस्ता जडिबुटीको जडिबुटी खेती गर्ने भएको सूचना अधिकारी रोकायाले बताउनुभयो ।