छबी प्रावी काँडा नाहागाउँको ७८ प्रतिशत शैक्षिक उपलब्धी

सुर्खेत, २६ मंसिर (जागरण) । सुर्खेत सिम्ता गाउँपालिका वडा नम्बर २ मा रहेको छबी प्रावी काँडा नाहागाउँले चालु शैक्षिक सत्रमा ७८ प्रतिशत शैक्षिक उपलब्धी हासिल गरेको छ ।
आज भएको विद्यालयको २६ औँ बार्षिक उत्सव तथा अविभावक भेला मार्फत यस्तो जानकारी दिइएको हो । शैक्षिक उपलब्धीलाई बढाएर ८० प्रतिशत पुर्याउने लक्ष्य राखिएको बताइएको छ ।
भेलामा विद्यालयको बार्षिक कार्य प्रगती प्रतिवेदन, पेश गर्दै शैक्षिक गुणस्तरलाई बढाउन सबै पक्ष एक हुनुपर्नेमा जोड दिइएको छ । विद्यालयलले गत बर्ष १० लाख २७ हजार ४७ रुपैयाँको आम्दानी गरेको छ ।
आगामी प्रस्तावित कार्ययोजनामा विद्यालयको एक कोठे भवन निर्माण, विद्यार्थीहरुको ड्रेस निर्माण लगायतका योजना बनाइएको प्रधााध्यापक टोपेन्द्र केसीले जानकारी दिनुभयो ।
बार्षिक उत्सव कार्यक्रममा चालु शैक्षिक सत्रमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई कापी र कलम वितरण गरिएको छ । भने बार्षिक परिक्षामा प्रथम हुने एकजना छात्र र एकजना छात्रालाई पुरस्कृत समेत गरिएको उहाले जानकारी दिनुभयो ।
बार्षिक उत्सव तथा अविभावक भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर खड्काको अध्यक्षता तथा वडा नम्बर २ वडा सदस्य नर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।