प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट समयमै पठाऊः स्थानीय सरकार

नन्द कठायत ।
सुर्खेत, २७ मंसिर (जागरण) । प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमको लागि छट्याइएको बजेट समयमै पठाउन कर्णालीका स्थानिय सरकारहरुले आग्रह गरेका छन ।
केन्द्र र प्रदेश सरकारले बजेट ढिलो पठाँउदा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै उनिहरुले बजेट समयमै पठाउन आग्रह गरेका हुन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावतले संघिय सरकारले बजेट पठाए पनि प्रदेश सरकारले बजेट समयमै नपठाउँदा नामको मात्र रोजगार कार्यक्रम भएको कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले पनि पालिकाबाट कार्यक्रम छनोट गरी प्रदेश सरकारलाई पठाइ सकिएको बताउँदै प्रदेश सरकारले समयमै बजेट पठाए उक्त कार्यक्रम कार्यान्वयन गर्न सहज हुने बताउनुभयो
कालिकोटको खाँडाचक्र नगरपालिका भने अहिले संघिय सरकारले पठाएका योजनाको लागत स्टेमेटमा जुटेको बताएको छ ।
नगर प्रमुख जसी प्रसाद पाण्डेले प्रदेश सरकारले बजेट ढिलो पठाउँदा बेरोजगारको सूचिमा रहेका नागरिकलाई स्वरोजगार बनाउन नसकीएको बताउनुभयो ।
यता, प्रदेश सरकारले भने प्रदेशका ७९ वटा स्थानियतहका ७ सय १८ वाडामा मुख्यमन्त्री रोजगार कार्यक्रमा मार्फत कामहरु संचालन गरिएको बताएको छ ।
सबै वडाका बेरोजगार युवाहरुको तथ्यांकका आधारमा बजेट बाडफाड भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना प्रविधि तथा समन्वय शाखाका अधिकृत केशव उपाध्यायले बताउनुभयो ।
अहिलेसम्म केही पालिकाले योजना छनोट गरि पठाइसकेकाले ति जिल्लामा बजेट पठाउने प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उहाँले गत वर्ष पहिलो अभ्यासले गर्दा बजेट पठाउन ढिलो भएको भन्दै यो आर्थिक वर्ष पुषको पहिलो साताबाट नै बजेट कार्यन्वयन शुरु हुने दाबी गर्नुभयो ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत प्रत्येक वडामा ३० देखि ८० लाखसम्म बजेट विनियोजन गरिएको छ ।