पंख बहादुर शाही ।
सुर्खेत, १ पुष (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा प्रदेशको राजधानी वीरेन्द्रनगरको करिब २० किलोमिटर सडकलाई कालोपत्रे गर्ने योजना बनाएको छ ।
गत आर्थिक बर्षमा २४ महिनामा २ किलोमिटर मात्र कालोपत्रे गरेको सरकारले योपटक भने २० किलोमिटर कालोपत्रे गर्ने योजना बनाएको हो ।
पहिलो चौमासिक बजेटबाट ४ किलोमिटर सडक कालोपत्रे गरिएको पुर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका प्रमुख बासुदेव पौड्यालले अहिले कालोपत्रेको काम तापक्रम कम भएकाले रोकिएको भन्दै तापक्रमको मात्र बढ्यो भने पुन ः कालोपत्रेको काम सञ्चालन गरिने कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
माघ दोस्रो हप्तादेखि ‘पलानिङ् एरियामा रहेका सडकको कालोपत्रे शुरु गरिने उहाले बताउनुभयो ।
उहाँका अनुसार हटलाईन् देखि प्रदेश अस्पताल जोड्ने सडक, वडा नम्बर ८ को कार्यालय अघिको सडक, ढकालचोक –नेवारे जोड्ने सडकहरु कालोपत्रे हुने छन ।
उपत्यकाका सडकको स्तोरन्नती भनेर मात्रै चालु आवमा प्रदेश सरकारको १५ करोड विनियोजन गरिएको छ
यो बर्ष प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले उल्लेखिए मात्रामा प्रगति गर्ने गरी काम अघि बढिरहेको जनाएको छ ।