मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा दस्ता गठन गर्दै

सुर्खेत, २ पुष (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा दस्ता गठन गर्ने भएको छ ।
सम्पतीको सुरक्षा गर्नका लागि पूर्व सैनिक तथा प्रहरीबाट भर्ना लिने गरी आफ्नै सुरक्षा दस्ता गठन गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयमा गाँजा खाने, होहल्ला गर्ने, गैर विद्यार्थी आउने, तोडफोड, आगजनी गर्ने वा सम्पतीको नाश गर्ने तत्वहरु बारम्बार आउने गरेपछि सुरक्षा दस्ता गठन गर्ने निर्णय गरिएको विश्वविद्यालयले जनाएको हो ।
विश्वविद्यालयका उपकुलपति प्राध्याप.डाक्टर नन्दबहादुर सिंहले आफ्नै सुरक्षा दस्ता गठन गर्ने बताउनुभयो ।
विश्वविद्यालयमा अध्यापन गर्ने उपप्राध्यापक तथा सहप्राध्यापक नियुक्तिका हकमा उमेरको प्रतिबन्ध लगाउन नहुने सिंहले बताउनुभमयो ।
काठमाडौंमा एमयूको १० औं सिनेट सम्पन्न पछि उहाले यसकालागि पचास वर्ष उमेर तोकिएको जानकारी दिनुभयो ।
उहाले काठमाडौंमा सिनेटको आयोजना गर्नुको कारण अन्य विश्वविद्यालयले पनि काठमाडौंमा नै सिनेटको आयोजना गरेको, राजनीतिक वातावरण पृथक भएका कारण काठमाडौंमा गरिएको बताउनुभयो ।
उनले आगामी दिनमा विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी सिर्जना गर्नका लागि साठी प्रतिशत प्राक्टिकल तथा ४० प्रतिशत थ्यौरिकल दिने पाठयक्रम तयार गर्ने नीति लिएको बताउनुभयो ।