पंख बहादुर शाही ।
सुर्खेत, ४ पुष (जागरण) । दुई महिनादेखि कर्णाली प्रदेसभा बैठक बस्न सकेको छैन । गत कात्तिकमा सकिएको बर्षे अधिवेशनपछि बैठक बोलाउनेबारे सरकारले कुनै छलफल चलाउन नसकेको हो ।
गत कात्तिक ९ गते देखि अधिवेशन अन्त्य गरिएको थियो । त्यसयता बैठक बस्ने कुनै टुङ्गो लाग्न सकेको छैन ।
हिउँदे अधिवेशन बोलाएर विद्येयकहरु पास गर्नुपर्ने भएपनि सरकारले संसद खोल्न आनाकानी गरेको सांसदहरुले बताएका छन ।
प्रदेशसभा बैठक नचल्दा प्रदेशसभा सदस्यहरु फुर्सदीला भएका छन । अधिवेशन नचल्दा अहिले ६ ओटा विद्येयकहरु थन्किएका छन् ।
अधिवेशनका सम्बन्धमा अहिलेसम्म कुुनै जानकारी नआएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयका सचिव जीवराज बुढाथोकीले दुईटा अधिवेशनको ग्याप ६ महिना भन्दा धेरै गराउन नपाइने व्यवस्था रहेको भन्दै अब बैठक आब्हान हुन सक्ने कर्णाली रैबारसँग बताउनुभयो ।
यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने लामो समयसम्म संसदलाई बन्द राख्न नहुने बताएको छ । उसले अब छिट्टै अधिवेशन डाक्न पनि सरकारलाई आग्रह गरेको छ ।
सरकारको शिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आब्हान गर्ने व्यवस्था छ । तर सरकारले अधिवेशन बोलाउन कुनै तयारी गरेको छैन ।