कर्णाली प्रदेश सरकार कमिसन खेलमा लागेको काँग्रेसको आरोप

सुर्खेत, ४ पुष (जागरण) । कर्णाली प्रदेश प्रमुख विपक्षी दलले प्रदेश सरकार कमिसन खेलमा लाग्दा बजेट कार्यान्वन हुन नसकेको बताएको छ ।
चार महिनाको बजेट खर्च निरासाजनक हुनु लज्जास्पत भएको भन्दै सरकारको ध्यान काहाँ छ ? भनेर प्रश्न गरेको हो ।
मन्त्रीसमेत भ्रष्ट्राचारमा केन्द्रीत हुँदा जनताका आवश्यकता पुरा नभएको भन्दै सरकार यसतर्फ सच्चिन आग्रह काँग्रेसले गरेको छ ।
सरकारले विकासका नाममा कमिसनमा डुबेको भन्दै कमिसनखोरको झुण्डबाट जनताका आवश्यकता पुरा हुन नसक्ने बताएको छ ।
काँग्रेस संसदीय दलका नेता समेत रहेको प्रदेशसभा सांसद जीवन बहादुर शाहीले सरकारको रबैया गलत बाटोमा भएको कर्णाली रैबारसँग बताउनुभयो । …आवाज…
कर्णालीमा विगतदेखि नै बजेट खर्च हुन नसक्नु बिडम्बना भएको भन्दै विभिन्न बहानामा विकास खर्च गर्न नसक्नु घातक भएको बताउनुभयो ।
उहाले यही ढङ्गले अगाडी बढे व्यवस्थामाथी नै जनताको वितृष्णा पैदा हुने बताउदै मन्त्रीहरुले सोच्न आवश्यक रहेको बताउनुभयो ।