बाढी पहिरोबाट हुने क्षती न्युनिकरणमा ध्यान दिन जनताको माग

सृजना बुढाथोकी ।
सुर्खेत, ५ पुष (जागरण) । सुर्खेतका स्थानीयले विभिन्न समयमा आउने बाढी पहिरोबाट थुप्रै क्षती हुने गरेको भन्दै सरकारले यसतर्फ ध्यान दिन सुझाएका छन ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को आयोजना तथा स्वयच्छिक सेवा प्रवासी संस्थाको सहयोगमा सुर्खेतमा गरिएको अविमुखिकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
सुर्खेतमा २०७१ सालमा आएको बाढीपहिरो प्रभावितहरुले अझैपनि आफुहरु बाढी पहिरोको जोखिममा रहेको भन्दै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन ।
कोरोना महामारीको चपेट्टामा आफुहरु धेरै परेको भन्दै उनिहरुले सरकारले राहत वितरणमा पनि विभेद गरेको बताएका छन ।
बाढी पहिरो सरकारले राहत वितरणको नाममा वास्तविक पिडितलाई नभई बिचौलियालाई दिएको उनिहरुले आरोप लगाएका छन ।
विपद्को जोखिममा सुरक्षाको प्रत्याभूति हुन नसक्दा स्थानिय सरकार भएको अनुभुति नभएको वीरेन्द्रनगर २ गुप्तीपुरकी मायाँदेवी शाहिले गुनासो गर्नुभयो ।
वीरेन्द्रनगर २ का प्रेम बहादुर सिजापतिले जोखिममा परेका नागरिकलाई सुरक्षीत आवाससहित विपदको बारेमा पुर्व जानकारी दिने काम सरकारले गर्नुपर्ने सुझाव दिनुभयो ।
यस्तै, स्थानीय शान्ति चौधरीले पनि हरेक क्षेत्रमा काम गर्ने कर्मचारीको तलबबाट केहि प्रतिशत काटेर विभिन्न समयमा आउने विपदमा लगाउने गरिएको भन्दै त्यो रकम काहाँ जान्छ भन्दै प्रश्न गर्नुभयो ।
स्थानिय सरकारले पनि आफु निकट व्यक्तिलाई मात्रै राहत वितरण गरेको पिडितहरुको गुनासो छ ।
२०७१ सालमा आएको बाढी पहिरोबाट थुप्रै भौतिक र मानविय क्षती भएको थियो भने धेरै नागरिक विस्तावित भए । उनिहरुको अझै पुनस्थापना भइसकेको छैन । सरकारको पुर्व तयारी नहुँदा बाढी पहिरो लगायतले धेरै क्षती हुने गरेको स्थानीय बताउछन ।
यता, निकास खोला नजिक देखि तटबन्धन बनाउन प्रदेश सरकारबाटै तयारी भएको बताउदै वीरेन्द्रनगर २ का वडा अध्यक्ष बल बहादुर रोकायले आफुहरुले राहत वितरणमा कुनै भेदभाव नगरेको बताउनुभयो ।