पिपलको पातमा आकृति बनाएर मनग्य आम्दानी

मान बहादुर कुंवर ।
जुम्ला, ५ पुष (रेडियो खुल्ला आकाश) । जुम्लाको चन्दननाथ नगरपालिका विराज भण्डारीले पिपलको पातमा मानिसको आकृति बनाएर व्यवसायीक बन्नुभएको छ ।
गत चैत ११ गते झापा बाट जुम्ला फर्किनुभएका उहाले झापाको गौरादह कृषि क्याम्पसमा अध्ययनरत पढ्नुहुन्छ ।
पिपलको पातमा कोरिएका आकर्षक आकृतिहरु सामाजिक संजालमा राखेपछि उहाले शुरुमा प्रसंशा कमाउनुभयो ।
त्यही प्रसंशा अहिले व्यवसायिकतामा परिणत भएपछि उहा मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।
वैशाख बाट भदौ सम्म ५ सय वटा आकृति बनाएर ५ लाख सम्म आम्दानी गरेको विराजले बताउनुभयो । विश्वविख्यात कलाकार, खेलाडि, नेपालका सहिद, राष्टिय विभूती, हास्यकलाकार लगाएतको आकृति बनाउने विराजलाई जन्मदिन, पर्व र उत्सवमा पनि आकृति बनाउन अर्डर आईरहने गरेको छ ।
एउटा आकृति बनाउन कम्तिमा पनि २ देखि ३ घण्टा सम्म लाग्ने गरेको उहाले बताउनुभयो ।
जुम्लाको हरियाली उजाड बनेपछि झापा पुगेका विराजले १ महिनामा ५० वटा नयाँ आकृति बनाइसक्ुनभएको छ ।