मुरलीखोला नजिक तार चुँडिदा बिद्युत अबरुद्ध, मर्मत हुँदै

सुर्खेत, ७ पुस ।
हिजो राती साढे आठ बजेदेखि सुर्खेत, दैलेख र जाजरकोटमा बिधुत सेवा अबरुद्ध भएको छ ।
छिञ्चुबाट हर्रेतिर अगाडी पर्ने मुरली खोलामा ३३ केभिए विद्युध लाइनको एउटा तार चुडिएर लाइन अबरुद्ध भएको विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका निमित्त प्रमुख डिल्लीराज आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार अज्ञात समूहले रुखकाट्दा तार चुडिएर बिद्युत अबरुद्ध भएको हो । उक्त स्थानमा मर्मत टोली पुगीसकेकोले ११ बजेसम्म बिद्युत आउन सक्ने निमित्त प्रमुख आचार्यले जानकारी दिनुभयो ।