प्रसूति सेवा सञ्चालनमा आएपछि महिलाहरुलाई सहज

हुम्ला, ७ पुष (रेडियो श्रीनगर) । हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सहज भएको छ ।
विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर महिलालाई सहज भएको हो ।
प्रसुती सेवा संचालनमा आएपछि सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ ।
विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था थियो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा एयर लिफ्टिङको व्यवस्था गरी जिल्लामा सुत्केरी व्यथा लागेर जटिल समस्या आएकाको उपचार गर्दा समस्या समधान भएको छ ।
ताँजाकोट–२ का राजपुरा सुनारले सबै सुविधा हुने भएपछि महिलाहरु प्रसुती हुन अस्पतालमै आउन थालेका छन ।
स्वास्थ्यचौकीका इञ्चार्ज धनराज ढकालका अनुसार शुरुमा प्रसूति गृह सञ्चालनमा आउँदा यो ठाउँका महिला सुत्केरी गराउन लजाउने गर्थे, अहिले त्यो समस्या पनि हट्दै आएको छ ।
प्रसूति सेवा सञ्चालन भएलगत्तै एक वर्षमा १३० महिलाले प्रसूति सेवा लिएका छन् ।