सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण

दैलेख, ७ पुष (जागरण) । दैलेखका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी देखी अंगे्रजी माध्यमबाट अध्यापन गराउन थालेपछि निजी छोडेर विद्यार्थीको सामुदायिकमा आर्कषण बढने थालेको हो ।
दैलेख ठाटिकाँध गाउँपालिका मालिका माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढदै गएको छ ।
नर्सरी देखी कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थी संख्यामा बृद्धि हुन थालेको प्राधनाध्यापक महेन्द्रकुमार शाहीले बताउनुभयो ।
दैलेख आठविस नगरपालिका जनता बोर्डिङ्गबाट १३ जना,कैलाली र सुर्खेतबाट २÷२ गरि १७ जना भर्ना भएको उहाले बताउनुभयो ।
शैक्षिक सत्र २०७५÷०७६ मा विद्यार्थीको संख्या ४ सय ४७ रहेकोमा चालु शैक्षिक सत्रमा बढेर ५ सयसम्म पुगेको प्राध्यापक शाहीले जानकारी दिनुभयो ।
विद्यालय आगामी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा देवी शाहीको भनाई छ ।
विद्यालयमा आगामी दिनमा विज्ञान प्रयोगशाला,कम्युटर ,ल्याव,घेरबार र फर्निचर बनाउन लागि रहेको योजना रहेको बताउनुभयो ।