वजेट समाजवाद उन्मुख र प्रगतिशिलः प्रध्यापकहरु (अडियोसहित)

सुर्खेत, १६ जेठ (जागरण) । प्रध्यापक, सहप्रध्यापक तथा उपप्रध्यापकहरुले नेपाल सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०७५/०७६ को वजेट समाजवाद निर्माणको आधारशिला रहेको टिप्पणी गरेका छन् ।
वजेटमा रहेका धेरै नयाँ नीति र कार्यक्रमले अव समाजवाद निर्माणका लागि ढोका खोलेको भन्दै प्रशंसा गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयले आयोजना गरेको छलफलमा यस्तो प्रशंसा गरिएको हो ।
कर्मचारीको तलवसहित केही विषय तत्कालका लागि सन्तोषजनक नरहे पनि समग्रमा वजेट प्रगतिशिल नै रहेको उनीहरुको बुझाई छ ।
विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन खोपीराम लम्सालले लोकप्रिय बन्नका लागि नभई काम गर्नका लागि वजेट आएको बताउनुभयो ।
प्राविधिक शिक्षालाई अझै व्यवस्थित र गुणस्तरीय बनाउनका लागि वजेटमा उल्लेख भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
यस्तै पूर्व डिन पिताम्वर ढकालले वजेटले साना कुरालाई भन्दा राष्ट्रिय गौरवका आयोजना निर्माणलाई बढी प्राथमिकता दिएको बताउँदै कार्यन्वयन पक्ष बलियो बन्नुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै मानविकी तथा सामाजिक शास्त्र संकाय केन्द्रिय क्याम्पसका प्रमुख डाक्टर आनन्द सुवेदीले वजेटले तल्लो तहका नागरिकलाई प्रभाव पार्नेगरी कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
वजेटका विषयमा भएको छलफलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापकहरु, त्रिभूवन विश्वविद्यालयअन्तर्गत सुर्खेत क्याम्पस (शिक्षा) का प्रतिनिधि, वैंकिङ्ग प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो ।
सुन्नुहोस् छलफलको अडियोः