राउटे समुदायका व्यक्तीको मासिक भत्ता अब पाँच हजार

सुर्खेत, ८ पुष (जागरण) । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र सम्बद्र्धनका लागि प्रति व्यक्ति दुई हजार दिने भएको छ ।
पौष ६ सोमबार बसेको प्रदेश सरकार, मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । उक्त, रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिका दैलेखलाई वित्तीय हस्तान्तरण गरिने छ ।
त्यसपछि गाउँपालिकाले नियमअनुसार वितरण गर्ने बताईएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत दशैँको अवसरमा खाद्यान्न लिएर राउटे समुदायको बस्तीमै पुगेर २ हजार भत्ता दिने घोषणा गर्नुभएको थियो ।
परिषदको सदस्य–सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्त गरेको छ । सन्ज्याल मुख्यमन्त्री शाहीको गृहजिल्ला कालिकोटको सान्नित्रिवेणी –६ का स्थायी बासिन्दा हुनुहुन्छ ।
यस्तै बैठकले मुख्यमन्त्रि जीवीकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ ।
खाद्यान्न खरिद तर्फको खर्च शिर्षकबाट विनियोजित भएको रकम मध्येबाट १५ करोड र कोभिड शिक्षा तर्फको खर्च शिर्षकबाट १० करोड रकम क्रमागत आयोजनाहरुको लागि रकमान्तर गर्ने निर्णय पनि बैठकले गरेको छ ।
शान्ति तथा पुनस्र्थापना गर्न बनेको विद्येयक कर्णाली प्रदेश सभा सचिवालयमा दता गर्ने स्वीकृति प्रदान गरिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।
बैठकले द्धन्द्धपीडित घाईते अपाङ्ग उपचार राहत खर्च कार्यविधधि २०७७ स्वीकत गर्ने, सहकारी संस्था मार्फत व्याजा अनुदान कार्यविधि ०७७ पनि स्विकृत गर्ने निर्णय गरेको छ ।