अपाङ्गता भएका व्यक्तीहरुलाई राहत वितरण

सुर्खेत, ८ पुष (जागरण) । सुर्खेतका अपाङ्गता भएका व्यक्तीहरुलाई राहत वितरण गरिएको छ ।
नेपाल आपाङ्ग महिला संघको आर्थिक सहयोग, अपाङ्ग महिला समाज सुर्खेतको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा मेडिकल सामग्री तथा राहत वितरण गरिएको हो ।
प्रतिव्यक्ती एक प्याक चामल, पाच केजी पिठो लगायतका अन्य सामग्री २० जनालाई वितरण गरिएको हो । भने ६ जनालाई सेनिटाईजर, माक्स लगायतका स्वास्थ्य सामग्री दिइएको अपाङ्गता महिला समाज सुर्खेतका अध्यक्ष धनसरा शाहीले जनाकारी दिनुभयो ।