सुकुम्बासीहरुबाट निवेदन माग

सुर्खेत, ९ पुष (जागरण) । भूमि सम्बन्धी समस्या समाधान आयोगले कर्णालीसहित देशभरका १४ वटा पालिकामा ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।
यसअघि कर्णालीका १५ वटा पालिकासँग कार्यसम्पादन सम्झौता गरेको आयोगले सुर्खेतको गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिकाका भूमिहीन, दलित, भूमिहीन सुकुमबासीलाई निवेदन दिन आग्रह गरेको हो ।
भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अन्य व्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको आयोगका प्रवक्ता भीमबहादुर कार्कीले बताउनुभयो ।
आयोगले सुर्खेतका यी दुइपालिकासँग पहिलो चरणमा कार्यसम्पादन सम्झौता गरेको थियो । भने दोश्रो चरणमा अन्य १३ पालिकासँग समझादारी गरेको थियो ।
सुर्खेतको चौकुने गाउँपालिकाले आवाश्यक कर्मचारी करारमा नियुक्ती गरेर लागत संकलन गर्ने कार्य शुरु गर्न थालिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत टेकेन्द्र बहादुर बुढाले कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै गुर्भाकोट नगरपालिकाले पनि भुमिहीनहरुको समस्या समधानका लागि लगत संकलन ईकाइ स्थापना गरी गाउँमा गएर नमुना फारमहरु संकलन गर्ने कामहरु भईरहेको जनाएको छ ।
६ मिहना भित्रै अव्यवस्थित, सकुम्बासीहरुको लगत सँकलन गरेर भुमि सम्बन्धी समस्या समाधान आयोगलाई बुझाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले बताउनुभयो ।
आयोगले ४९ पालिकामा आफ्नो कार्यालय स्थापना गरिसकेको छ । ७५३ मध्ये १९२ वटा पालिकासँग लगत संकलन सम्झौता भएको छ ।