द्वन्द्व पीडितहरुको उत्थानका लागि शान्ति तथा पुनःस्थापन केन्द्र स्थापना हुँदै

सुर्खेत, ११ पुष (जागरण) । कर्णाली प्रदेश सरकारले शान्ति तथा पुनःस्थापन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि प्रदेश सरकारले विद्येयक तयार गरेको छ । उक्त विद्येयक प्रदेशसभामा सचिवालयमा दर्ता गर्नका लागि पुस ६ गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृति दिएको छ । प्रदेशसभाबाट विद्येयक पारित भइ ऐन बनेपछि शान्ति तथा पुनःस्थापन केन्द्र स्थापना गरिने छ ।
प्रदेश सरकारले शान्ति स्थापना तथा द्वन्द्व व्यवस्थापनका लागि प्रतिष्ठान स्थापना गन लागेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताउनुभयो
उहाँका अनुसार विद्येक प्रदेश सभामा दर्ता भैसकेको र प्रदेश सभा संञ्चालन भएलगतै छलफल सुरु हुने छ ।
शान्ति स्थापना, द्वन्द्व व्यवस्थापन, विकास र द्वन्द्वबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन नीति अनुसार केन्द्रले काम गर्ने उहाँले बताउनुभयो । देशमा भएका विभिन्न आन्दलोनबाट पीडित तथा विस्थापित व्यक्तिहरूको राहत पुनःस्थापनको लागि केन्द्र मार्फत सहयोग पुग्ने उहाँको भनाइ छ ।
शशस्त्र द्वन्द्वमा परी घाइते, अपाङ्गता भएका व्यक्तिहरुको उपचार, सामाजिक तथा आर्थिक विकासको लागि केन्द्र मार्फत रोजगार मुलक कार्यक्रमहरु प्रदान गरिने खड्काले बताउनुभयो ।