सुर्खेत, ११ पुष (जागरण) । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् । पछिल्लो समय वीरेन्द्रनगरका घर तथा पसलहरुमा चोरी हुनेक्रम बढेको हो ।
कतिपय चोरीका घटना प्रहरी ड्यूटी बसेकै स्थान वरपरबाट हुने गरेका छन् । तर प्रहरी रेकर्डमा भने सबै घटना आउने गरेको छैनन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार चालु आर्थिक वर्षको हालसम्म १९ वटा मात्रै चोरीका मुद्दा दर्ता भएका छन् । समाजमा हुने चोरीका घटनाको आधारमा दर्ता भएका मुद्दाको संख्या यो निकै कम हो ।
चालु आर्थिक वर्षको असार महिनायता हालसम्म दर्ता भएका १९ वटा मुद्दामध्य १२ मुद्दमा १६ पुरुष र एक महिला पक्राउ परेका छन् भने एक पुरुष फरार भएका डीएसपी रामप्रसाद घर्तीले बताउनुभएको छ ।