बुद्धी पुन ।
सल्यान, ११ पुष (रेडियो राप्ती) । जिल्ला प्रशासन कार्यालय सल्यानमा शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीको सुविधाका लागि शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा विभिन्न काममा आउने महिला सेवाग्राहीलाई सजिलो होस् भनेर शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो ।
कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राही हरूले स्तनपान कक्ष नहुँदा समस्या भोग्दै आइरहेकाले कक्षको स्थापना गरिएको उहाँको भनाई छ ।
सार्वजनिक ठाउँमा महिलाले बच्चालाई स्तनपान गराउन नसक्ने तथा बच्चा आमाको दूध खानबाट बञ्चित हुने अवस्थाको अन्त्यका लागि स्तनपान तथा शिशु स्याहार कक्षको स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभएको छ ।