व्यवसायिकमैत्री कानुन बनाउन उद्योग बाणिज्य महासंघको आग्रह (अडियोसहित)

सुर्खेत, १२ पुष (जागारण) । कर्णाली प्रदेश सरकारले व्यवसायिकमैत्री कानुन बनाउनतर्फ ध्यान दिन उद्योग बाणिज्य महासंघको आग्रह गरेको छ ।
उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहणपछि कर्णाली रैबारसँग कुरकानी गदै नवनिर्वाचित अध्यक्ष पदम बहादुर शाहीले यस्तो बताउनुभएको हो ।
कर्णालीको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले नीजि क्षेत्रसँग साझेदारी गर्नुपर्ने बताउँदै रोजगारी सृजना गर्ने सन्दर्भमा मिलेर जानुपर्ने शाहीले बताउनुभयो ।
सरकारले पुर्वाधार र नीति निर्माणमा जोड दिन सके कर्णालीमा लगानीको वातावरण तयार हुने उहाको भनाई छ । उहाले सम्भावनाको खोजी गर्नतर्फ सरकारले पहल कदमी लिनुपर्ने उहाले बताउनुभयो ।
उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको कार्यकारीणी समितिमा ११ सदस्यीय समिति गठन भएको छ । जसमा सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । उनिहरुको एक औपचारिक कार्यक्रमकाबिच पद तथा गोपनियताको सपथ लिएका हुन । नवनिर्वाचित अध्यक्ष शाहीसँग गरिएको कुराकानी सुन्नुहोस अडियोमा ।