जनता आवास कार्यक्रम मार्फत ५० वटा घर निर्माण हुँदै

बुद्धी पुन ।
सल्यान, १२ पुष (रेडियो राप्ती) । सल्यानमा जनता आवास कार्यक्रम मार्फत ५० वटा घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार अहिले जिल्लामा ५० वटा घर निर्माण हुने भएका हुन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानिय तह भएको सल्यानमा प्रत्येक स्थानिय तहमा ५÷५ वटाका दरले घर निर्माण हुने भएका हुन् ।
अहिले लाभग्राही छनोट तथा सम्झौताको काम भैरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।
घर निर्माणका लागी प्रत्येक परिवारले ३ लाख ५० हजार रुपैँया प्राप्त गर्ने छन् ।