सूर्य चिन्हमा आँखा नलगाउन महेश बस्नेतको चेतावनी

सुर्खेत, १३ पुस ।
नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रीत सदस्य महेश वस्नेतले सूर्य चिन्हमा आँखा नलगाउन प्रचण्ड नेपाल समूहलाई चेतावनी दिएका छन् ।
राष्ट्रिय यूवा संघ नेपाल कर्णाली प्रदेशले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वलीको समर्थनमा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै वस्नेतले सूर्य चिन्हमा आँखा नलगाउन चेतावनी दिएका हुन् । ‘यो सूर्य पुष्पलाल, मनमोहन र मदन भण्डारीले नेतृत्व गरेको नेकपाको हो’ नेता वस्नेतले भने,‘नेकपालाई धोका दिने प्रचण्ड र माधव नेपाललाई सूर्य चिन्ह माथि आँखा लगाउने अधिकार छैन ।’ नेता वस्नेतले व्यंग्यात्मक रुपमा प्रचण्ड र माधव नेपाललाई हाँडी चिन्ह लिएर चुनावमा जान आग्रह गरे । पार्टि एकीकरणको भावना विपरित अविश्वासको प्रस्ताव ल्याएको भन्दै पार्टी विभाजन गर्ने मुख्य नाइके प्रचण्ड भएको उनीको आरोप छ । ‘केपी वलीसंग मिल्न होइन निल्न आउनुभएको रहेछ’ उनले भने‘अहिले छुट्टिएर जानुभयो हामलाई हाइसुक्क भएको छ ।’ दुई तिहाइ बहुमत हुँदा हुँदै काम गर्न नदिएपछि प्रधानमन्त्री केपी वलीले जनता पाएको अधिकरा पुन जनतालाई नै दिएकाले संसद विघटन अहिलको परिस्थितिको उपयुक्त विकल्प भएको उनको भनाइ छ । नेकपाका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपाली जनताले केपी वलीको नेतृत्वका लागि दुई तिहाइ अभिमत दिएको भन्दै त्यसको बिरुद्ध पार्टी भित्रैबाट षडयन्त्र भएपछि संसद विघटन गरी जनतामाझ जानु बाध्यता भएको बताए । ‘नेपाली जनताले केपी वलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेकाले दुई तिहाइ दिएका थिए जुन पाँच बर्षको स्थायी सरकारका लागि थियो’ रावतले भने‘तर त्यसको भावना विपरित पार्टीभित्रै षडयन्त्र भए त्यसैले गलत मान्छेको हातमा सत्ता बुझाउनुभन्दा पुन जनतामाझ जानुपर्छ भनेर संसद विघटन गर्नुभएको हो ।’ केपी वली नेतृत्वको सरकारले जनप्रिय काम गर्दा गर्दै प्रचण्ड माधव नेपालले सरकार ढाल्ने कुरामा मात्र ध्यान दिएको रावतको भनाइ छ । विगतमा प्रचण्डले कार्यकारी अध्यक्ष भएर पार्टि र सरकारलाई कम्जोर कसरी बनाउन सकिन्छ भन्ने तर्फ मात्रै सोचेकाले अहिलेको परिस्थिति आएको रावतले जिकिर गरे । सरकार अदालतको फैसला मान्न तयार भएको भन्दै आफूहरु प्रधानमन्त्रीले लिएको कदमको पक्षमा फैसला गर्नेमा आफूहरु विस्वस्त भएको रावतले बताए । राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेलले विभिन्न संघर्षबाट प्राप्त मूलुकको उपलब्धी गुम्ने खतरा रहेको भन्दै मूलुकको रक्षा र समृद्धिका लागि युवाहरुले आफ्ना आवाजहरुले सशक्त रुपमा लिएर जाग्नु पर्ने बेला आएको बताए ।