नन्द कठायत ।
सुर्खेत, १४ पुष (जागरण) । कर्णालीका अधिकांस रोजगार दाताहरुले सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमीक नदिने गरेको पाइएको छ ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको भएपनि कर्णाली प्रदेशमा न्युनतम पारिश्रमीक नदिने गरेको पाइएको हो ।
श्रम तथा रोजगार कार्यलय कर्णाली प्रदेशले गरेको अनुगमनमा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थामा काम गर्ने श्रमिकले न्युनतम पारिश्रमीक नपाउने गरेको पाईएको छ ।
सबै भन्दा बढी उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकले सरकारले तोकेको पारिश्रमिक नपाएको कार्यालयका प्रमुख सुनिता दर्लामीले कर्णाली रैबारलाई बताउनुभयो ।
अहिले सम्म गरेको अनुगमन तथा सर्वेक्षणमा १ सय ८० बालश्रम एक सय ११, श्रमअडिट पेस नगरेको १ सय २० पाइएको दर्लामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परिश्रमिकको आधारमा श्रमिकलाई मर्का परे लिखितरुपमा रोजगार दातमा जानपर्ने श्रम ऐनमा व्यावस्था छ ।
तर श्रमिकलाई मर्का परेको खण्डमा रोजगार दाताले त्यस्तो नगरेको अवस्थामा श्रम रोजगार कार्यालयमा निवेदन दिन सकिन्छ ।
अहिले विभिन्न (औपचारीक) संस्थागत भन्दा (अनौपचारीक) सडक, घर लगायतका ठेकामा काम गर्ने श्रमिकले बढी उजरी आउने गरेको उहाँले बताउनुभयो ।
श्रमिकले न्यूनतम पारिश्रमिक ज्यादै कम भएको भन्दै श्रम रोजगार कार्यालयमा उजरी दर्ता गर्ने गरेको भएपनि खास्सै वास्था नगर्ने गरेको उहाको भनाई छ ।