सुशासन प्रबर्द्धन सम्बन्धी अभिमूखीकरण


सुर्खेत, १४ पुस ।
समाज जागरण केन्द्र (स्याक) नेपालले आफ्ना सदस्य, कर्मचार र कार्यसमितिलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन सम्बन्धी अभिमूखीकरण गरेको छ ।
नेपालका किशोरीहरुका लागि सशक्तिकरण (संवाद) कार्यक्रम अन्तर्गत स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । स्याक नेपालको सभाहलमा आज आयोजित अभिमूखीकरण कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय सुर्खेतका उपसचिव रमेश गौतमले सहजीकरण गर्नुभएको थियो । उपसचिव गौतमले समृद्ध नेपालको मूल बाधक भ्रष्टाचार रहेको भन्दै यसको न्यूनीकरणका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । सदाचारिता अभिबृद्धिका लागि नागरिक समाज संस्था तथा सामाजिक अभियान्ताहरुको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ । कार्यक्रममा स्याक नेपालका सल्लाहकार पूर्ण पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले समृद्ध समाज निर्माणका लागि भ्रष्टाचार न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभयो । संस्थाका कार्यबहाक अध्यक्ष खगेन्द्र सापकोटाले संस्थामा आवद्ध व्यक्तिहरु कहि न कहि सामाजिक काममा आबद्ध रहेको भन्दै अभिमूखिकरणले सुशासन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।